३० मंसिर २०८२, सोमबार

बन मुद्दामा सजाय पाएका फरार प्रतिबादी पक्राउ

कान्छो खवर । सोमबार, मंसिर ३०, २०८२

गाईघाट  २९  मंसिर ।

बन मुद्दामा फरार प्रतिबादी पक्राउ परेका छन् ।जिल्ला अदालत उदयपुरले १२ दिन कैद र १ लाख ५३ हजार ६९२ रुपैया जरिवाना गरेको कटारी नगरपालिका ७ खसिबासका ७० बर्षिय धक्कुसिह राईलाई प्रहरीले सोमबार दिउसो पक्राउ गरेको हो ।

बन मुद्दामा राईलाइ अदालतले दोषी ठहर गरेको भए पनि राई लामो समयदेखि फरार थिए । प्रहरीले उनलाई घरमै लुकेर बसेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

फैसला कार्यान्वयनको लागि सोमबार नै राईलाई जिल्ला कारागार उदयपुर चलान गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्