कान्छो खवर । आइतबार, मंसिर २९, २०८२
गाईघाट २८ मंसिर ।
ट्याक्टरको ठक्करबाट मृत्यु भएका एक युवकका आफन्त र गाउलेहरूले आइतबार मदन भण्डारी लोकमार्ग स्थित रामपुर सडक खण्ड अबरुद्ध गरेका छन् ।
शुक्रबार साझ ५ बजे बेलका नगरपालिका ३ नंया टोलको भित्री सडकमा १६ बर्षिय समीर माझीलाई ट्याक्टरले ठक्कर दिदा उनको मृत्यु भएको थियोे ।
उक्त घटना पछी गाडीका चालक र गाडी धनी बिक्रम पाण्डे फरार भएकोले तत्काल उनिहरुलाई पक्राउ गरि कारबाहीको माग राख्दै दिउसो २ बजे देखि पीडित परिबारले ईलाका प्रहरी कार्यालय रामपुर अगाडिको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
पीडित परिबारले दोषीलाई पक्राउ नगरे सम्म लाश नउठाउने भन्दै नाराबाजी गरिरहेका छन् । सडक अबरुद्धले अहिले उक्त लोकमार्गम पुर्ब पश्चिम् चल्ने सवारी साधनहरु अर्को बाटो हुदै अहिले संचालन भैरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
बेलका नगरपालिकाका मेयर असोक कार्कीले दुबै पक्ष बीच सहमति गराएर अबरुद्ध सडक खुलाउने प्रयास भैरहेको बताए ।