कान्छो खवर । आइतबार, मंसिर २९, २०८२
गाईघाट २८ मंसिर ।
प्रहरीले सनिवार छुट्टाछुट्टै ठाउँ देखि ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ ।
लालपत्ता प्रहरी चौकीले साझ ५.१५ बजेको समयमा कदमाह देखि गाईघाट तर्फ आउदै गरेको दुई वटा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १४.१३ ग्राम ब्राउन सुगर सहित त्रियुगा नगरपालिका ४ बगाहका ३७ बर्षिय देबेन्द्र मगर , त्रिनपा ९ गैरुनका ३५ बर्षिय प्रेम चौधरीर ३९ बर्षिय शशिकान्त चौधरीलाई पक्राउ गरेको हो ।
शशिकान्तको साथ बाट ३.२४ ग्राम र मगरको साथ बाट १०.८७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।बा ४१ प ५५०८ नम्बरको मोटरसाइकल र प्रदेश १ -०२ -५८ प ७०७५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यसैगरि बेलका नगरपालिकाको रामपुर बाट राति ११ बजे ८० मिलिग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ परेका छन् ।बसाह देखि रामपुर आउदै गरेको स ३ प ९२१४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले चौदण्डिगढी नगरपालिका ४ भोर्लेनीका २६ बर्षिय सन्जिब राई र १९ बर्षिय प्रबेश राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबै जनालाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।