कान्छो खवर । बुधबार, मंसिर २५, २०८२
गाईघाट २४ मंसिर ।
प्रहरीले लागूऔषध सहित एक युबालाई पक्राउ गरेको छ ।कटारी नगरपालिका ४ सुनकोसी पेट्रोल पम्प नजीकबाट मंगलबार दिउसो मरुवाका १९ बर्षिय रुस्तम तामाङ पक्राउ परेका हुन् ।
कटारी देखि मरुवा तर्फ जादै गरेको उनी सवार कोसी प्रदेश -०५-००२ प २४७३ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा उनको साथ बाट लुकाएर राखेको ११० ट्याब्लेट लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद लागूऔषध औषधमा स्पासपाईन ५३ ट्याब्लेट , ओपो ९ र टेपेन्टा ४८ ट्याब्लेट रहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्