कान्छो खवर । मंगलबार, मंसिर २४, २०८२
गाईघाट २३ मंसिर ।
दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परि मंगलबार दिउसो एक जनाको मृत्यु भएको छ ।
उदयपुरको चौदण्डिगढी नगरपालिका ४ थुलुङ डाडा स्थित भित्री सडक खण्डमा बसाह बाट बर्खे डाडा तर्फ आउदै गरेको बा.९२ प .०८९७ नम्बरको मोटरसाइकल र बिपरित दिसा तर्फ जाँदै गरेको प्र १ -०५ -००२ प ०५८९ नम्बरको मोटरसाइकल एक आपसमा जुद्धा चौदण्डिगढी नगरपालिका ४ थुलुङ डाडाका ५८ बर्षिय भक्तराम राईको मृत्यु भएको हो ।
मोटरसाइकलका अर्का चालक २६ बर्षिय एमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्