कान्छो खवर । सोमबार, मंसिर २३, २०८२
गाईघाट २२ मंसिर ।
उदयपुरको बराहमा पेस्तोल देखाएर केही युबाहरुले सुनको गरगहना लुटपाट गरेका छन् । लिम्चुङबुङ गाउपालिका २ ताम्लिछाका भरत राईको गरगहना सोमबार बिहान १ बजे लुटिएको वडा नम्बर ३ का वडा अध्यक्ष गुरुमणि कुमारले बताए ।
घर देखि केहि तल सुनकोशी किनारमा रहेको गोडेलो घान खेत नजिक गोठमा सुतिरहेका राईलाई पेस्तोल सहित अनुहार छोपेर आएका दुई तीन जनाको संख्यामा रहेका युवाहरुले राईले लगाएको सुनको औँठी लुटेर लगेको कुमालले बताए ।
राईले लुटिएको जानकारी पाए लगत्तै प्रहरीलाई खबर गरिएको उनले बताए ।अहिले लुटेरा समुहको खोजीमा प्रहरी र स्थानिय परिचालन भैरहेको उनले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्