कान्छो खवर । आइतबार, मंसिर २२, २०८२
गाईघाट २१ मंसिर ।
कटारी नगरपालिका ५ खैरेनीका ६२ बर्षिय रेखबहादुर जोगिको ट्रकको ठक्करबाट मृत्यु भएको खुलेको छ । शुक्रबार राति बिच सडकमा मृत अबस्थामा फेला परेको जोगिलाई ट्रकले ठक्कर दिदा उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति कटारी बजारमा भैरहेको महोत्सव हेरेर फर्कदै गर्दा जोगि सडकमा मृत अबस्थामा फेला परेका थिए ।शबको प्रकृतीबाट उनको सवारी दुर्घटनाको कारण मृत्यु भएको प्रहरीले अनुमान गरेको थियोे ।
ईलाका प्रहरी कार्यालय कटारीले उक्त घटनाको तीब्र रूपमा अनुसन्धान अघि बढाउने क्रममा सनिवार जोगि मृत्यु प्रकरणको रहस्य खुलेको हो ।
जोगिलाई शुक्रबार राति ना -६ ख .३३३१ नम्बरको ट्रकले ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।कटारी देखि गाईघाट तर्फ आउदै गरेको उक्त ट्रकले जोगिलाई ठक्कर दिएको थियोे ।
प्रहरीले घटना स्थल अध्यन र बजारमा रहेको सिसि टिभी फुटेजको अध्यनबाट उक्त घटनाको रहस्य पत्ता लगाएको जनाएको छ ।ट्रक चालक उदयपुरगढी गाउपालिका १ का २३ बर्षिय सुमित मगरलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि राजन चापागाईंले उक्त घटनाको १८ घण्टा पछी प्रहरीले घटनाम संलग्न चालक र ट्रकलाई पक्राउ गर्न सफल भएको बताए ।