२२ मंसिर २०८२, आइतबार

ठक्कर दिने गाडी पहिचान नभए सडक आन्दोलन गर्ने मृतक परिवारको भनाइ

कान्छो खवर । शनिबार, मंसिर २१, २०८२

गाईघाट  २०  मंसिर  ।

सडक दुर्घटनामा  आफन्तको मृत्यु भए पछी  ठक्कर दिने सवारी साधन पहिचान नभएकोले छानबिन गर्दै दोषी उपर कारबाहीको माग राख्दै पीडित परिबारका आफन्तले  सनिवार बिज्ञपति जारी गरेका छन्  ।

शुक्रबार राति कटारी नगरपालिका ५ बलाहमा सवारी साधनको ठक्कर बाट सोही ठाउका रेखबहादुर जोगीको मृत्यु भएको थियोे  । कटारीमा भैरहेको महोत्सव हेरेर घर फर्कदै गरेको अबस्थामा राति १० ३० बजेको समयमा सवारी साधनले उनलाई ठक्कर दिएको थियो ।  उनलाई कुन सवारी साधनले ठक्कर दिएको भन्ने बारे केहि खुलेको छैन ।

सवारी साधनको ठक्कर पछी जोगि सडक बिच मै मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकका भाईहरुले सनिवार एक बिज्ञप्ति जारी गरेर  सवारी साधनको पहिचान गरि दोषीको खोजी गरि दिन आग्रह गरेका छन् ।

दोषी पत्ता नलागे सडक आन्दोलन गर्ने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्