कान्छो खवर । मंगलबार, मंसिर १७, २०८२
गाईघाट १६ मंसिर ।
अपहरण तथा शरीर बन्धक कसुरमा फरार रहेका एक युवा अदालतको आदेशमा मंगलबार पुर्पक्षका लागि जेल चलाउ भएका छन् ।
त्रियुगा नगरपालिका ११ बगर टोलका बर्ष २२ का उज्वल राई जिल्ला अदालत उदयपुरको आदेशमा पुर्पक्षका लागि उदयपुर कारागार चलान भएको प्रहरीले जनाएको छ ।
गत भदौ १० गते राईले त्रिनपा ११ का १८ बर्षिय प्रबिण श्रेष्ठ र सिवालय टोलका सन्जिब राईलाई कुटपिट गरि अपहरण गरेको प्रहरीले जनाएको छ । उज्वलले दुबै जनालाई गाईघाट स्थित पिजि चौक बाट अपहरण गरेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्