१८ मंसिर २०८२, बुधबार

लागूऔषध सहित एक युबा पक्राउ

कान्छो खवर । मंगलबार, मंसिर १७, २०८२

गाईघाट  १६   मंसिर  ।

लागूऔषध सहित एक युबक पक्राउ परेका छन् ।प्रहरीले त्रियुगा नगरपालिका ६ लालपत्ता बाट सोमबार साझ कटारी नगरपालिका ७ भोर्लेका  २३ बर्षिय किरण नेपालीलाई  विभिन्न प्रकारका   ८६ थान   ट्याब्लेट लागूऔषध सहित पक्राउ गरेको  हो ।

प्रहरीले नियमित चेकजाचको क्रममा नेपालीको साथ बाट औपिडोल ८० ट्याब्लेट , डाइजेपाम २ ,एम्पुल ,फेनार्गन २ एम्पुल ,ब्रुफिर्नोफिन २ एम्पुल र फेनार्गन २ गरि ८६ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्