कान्छो खवर । सोमबार, कार्तिक २५, २०८२
गाईघाट २४ कार्तिक ।
गाईघाट देखि लहान तर्फ यात्री बोकेर जादै गरेको विङगर गाडी सोमबार बिहान आफै अनियंत्रित भै दुर्घटना हुदा चालक सहित १३ जना घाइते भएका छन् ।
गाईघाट -लहान सडक खण्डको त्रियुगा नगरपालिका ४ बगाहमा बिहान ८.१५ बजेको समयमा ना.ज ८३ ९१ नम्बरको विङगर गाडी आफै अनियंत्रित भै सडक देखि तल दक्षिण तर्फ पल्टिएको प्रहरीले जनाएको छ ।
गाडीका चालक सहित घाइते यात्रीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको र सबैको अबस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्