कान्छो खवर । बुधबार, कार्तिक २०, २०८२
गाईघाट १९ कार्तिक ।
त्रियुगा नगरपालिकाले उपभोक्ताको ढाड सेक्ने गरि नदिजन्य पदार्थमा कर बढाएको छ ।गिटी, बालुवा र ढुङ्गा बिक्रिमा गत बर्ष भन्दा झन्डै ६०प्रतिशत बढाएर नगरपालिकाले कर लिदै आएको छ ।
गत बर्ष गिटी बालुवा र ढुङ्गाको प्रति घनमिटर २सय ७९ रुपैया कर लिने गरेकोमा अहिले नगरपालिकाले नदिजन्य पदार्थमा प्रति घनमिटर ४६३ रुपैया १० पैसा लिने गरेको छ । कर वृद्धिले आम उपभोक्ता मारमा परेका छन् । गत बर्ष एक ट्याक्टर बालुवा १ हजार ५ सयमा खरिद गर्ने उपभोक्ताले अहिले २ हजार देखि २ हजार ५ सय रुपैयामा बालुवा खरिद गर्नु परेको छ ।
असार , साउन र भदौ तीन महिना खोला नदिबाट नदिजन्य पदार्थ उत्खनन र बिक्रीवितरणमा रोक लगाइएको कारण असोज देखि नदिजन्य पदार्थको बिक्रीवितरण र उत्खनन सुचारु गर्नुपर्नेमा नगरपालिकाले भर्खर मात्र नदिजन्य पदार्थको बिक्रीवितरणको लागिटेन्डर आबहान गरेको छ ।
नगरपालिकाले अहिले विभिन्न ढिपोमा संकलन गरेको गिट्टी र बालुवा आफैले बिक्रीवितरण गर्दै आएको छ ।दुई महिना अगाडि नै टेन्डर मार्फत नदिजन्य पदार्थको बिक्रीवितरण गर्नुपर्नेमा कर्मचारीको हेलचेक्राईको कारण कार्यालयले समयमै टेन्डर निकाल्न नसकेको जनप्रतिनिधिको भनाइ छ ।
समयमा टेन्डर प्रक्रियामा नजादा नगरपालिकाको राजस्व समेत गुमेको वडा अध्यक्ष किरण पाण्डेले बताए । गत बर्ष पनि एक प्याकेजमा टेन्डर नै लागेन , त्यस बाट नगरले ठुलो हिस्सा राजस्व गुमाउनु पर्यो ।उनले भने ।