कान्छो खवर । सोमबार, कार्तिक १८, २०८२
गाईघाट १७ कार्तिक ।
अस्थायी , करार र ज्यालादारी कर्मचारी हटाउने बिषयमा सोमबार बिहान बसेको त्रियुगा नगरपालिकाको कार्यपालिका बैठकमा वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले असहमति जनाएका छन् ।
संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले नेपाल सरकार , प्रदेश सरकार र स्थानिय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करार कर्मचारी राख्न नपाउने भनी गरेको परिपत्र अनुसार त्रियुगामा दरबन्दी बाहेकका कर्मचारीको शुचि बनाएर कार्यपालिका बैठकमा पेश गरिएको थियोे ।
बैठकको छलफलको क्रममा वडा अध्यक्ष पाण्डेले कर्मचारी हटाउने बिषय कानुन सम्बत नभएकोले कुनै पनि कर्मचारीलाई हटाउन नहुने भन्दै प्रतिबाध गरेका थिए ।उनले स्थानिय सरकार सन्चालन ऎन अनुसार प्रदेश सरकारले अहिले सम्म दरबन्दी स्वीकृत नगरेको अबस्थामा कुनै पनि कर्मचारी हटाउन नहुने भन्दै अड्डी लिएका थिए ।
हामीले गत बर्ष नै दरबन्दी कायम गरेर प्रदेश सरकारमा स्वीकृतको लागि पठाएकोमा अहिलेसम्म प्रदेशले स्वीकृत गरेर पठाएको छैन , पाण्डेले भने ।त्रियुगाको दरबन्दी नै कायम नभएको अबस्थामा कसरी बढी कर्मचारी भयो भन्ने कुरा नै गलत रहेको उनले भने ।
अहिले कर्मचारी हटाउने प्रक्रिया नियम सम्बत छैन ,कर्मचारी हटाउन वा नियुक्ति गर्न सबै कानुनी प्रक्रिया पुरा गरिनु पर्ने उनको भनाइ छ ।उनले बैठकमा आफुले राखेको कुना पुरा नभए पछी निर्णय पुस्तिकामा नोट अफ डिसेन्ट लेखेर असहमति जनाएको बताए ।
त्रियुगा ४३९ जना कर्मचारीको दरबन्दी रहेकोमा कार्यपालिकाको आजको बैठकले १५ जना सफाइ कर्मचारी सहित ७८ जना कर्मचारी हटाउने निर्णय गरेको छ ।निर्णय पुस्तिकामा धेरै वडा अध्यक्षले हस्ताक्षर गरेका छैनन् ।