२१ आश्विन २०८१, सोमबार

लोकतान्त्रिक समाजबादीका जिल्ला अध्यक्ष खुसीलाल ठाकुर एकीकृत समाजबादीमा प्रवेश

कान्छो खवर । शुक्रबार, भाद्र २८, २०८१

गाईघाट २८ भदौ ।

लोकतान्त्रिक समाजबादी पार्टी उदयपुरका अध्यक्ष खुशीलाल ठाकुरले पार्टी परित्याग गर्दै एकीकृत समाजबादी पार्टी प्रवेश गरेका छ्न ।

गाईघाटमा शुक्रबार आयोजित नेकपा एकीकृतको सन्देश सभामा पार्टी अध्यक्ष माधब नेपालको उपस्थितिमा उनि पार्टी छोडेर समाजबादी प्रवेश गरेका हुन् ।ठाकुर लोकतान्त्रिक समाजबादीमा आबद्ध हुनु अघि नेपाली काङ्ग्रेसका कार्यकर्ता थिए ।

२०३२ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध हुदै ठाकुर काङ्ग्रेस कार्यकर्ता बनेका थिए ।लामो समय देखि चिकित्सा पेसामा रहेका ठाकुर नेपाली काङ्ग्रेस फर्किने तयारीमा रहेको भए पनि काङ्ग्रेसले बेवास्ता गरेको कारण उनि एकीकृत समाजबादीमा प्रवेश गरेको उनि निकट केहि कार्यकर्ताहरुले बताए । ठाकुर संगै पुराना काङ्ग्रेस नेता तथा त्रियुगा माध्यमिक बिध्यालय गाईघाटका पुर्ब प्रअ सत्यनारायण झा र बाबुराम भट्टराईको पार्टीमा आबद्ध पुराना राजनीतिज्ञ बिश्वनाथ साह एकीकृत समाजबादी प्रवेश गरेका छ्न ।

एकीकृत समाजबादीका केन्द्रिय सचीव बलदेव चौधरीले सन्देश सभामा झन्डै ६ सय जनाले पार्टी प्रवेश गरेको बताए । उनले एमाले , काङ्ग्रेस , माओवादी लगायत विभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेश गरेको जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्