कान्छो खवर । आइतबार, भाद्र १६, २०८१
गाईघाट १७ भदौ ।
खोटाङमा कक्षा ३ मा अध्यनरत १२ बर्षिया बालिका मृत अबस्थामा फेला परेकी छिन । शान्ति निकेतन मिनकर्ण माबि छोरमम्बुमा अध्यनरत १२ बर्षिया अम्बिका तामाङ आफु डेरा गरि बसेको घरमा शुक्रबार राति झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जन्तेढुङ्गा गाउपालिका ४ खुटाकी तामाङ दिप्रुङ चुईचुम्मा ३ छोरुम्बुका शंकर तामाङको घरमा डेरा लिएर पढ्न बसेकी थिइन् ।ऊनी के कारणले झुन्डिएको भन्ने बारेमा केहि खुल्न नआएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
शब पोस्टमार्ट्मकोलागि अस्पतालमा राखिएको छ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्