३१ भाद्र २०८१, सोमबार

कार्य सम्पादन मुल्यांकनमा कोशी प्रदेश मै उदयपुर प्रशासन अन्तिममा

कान्छो खवर । बुधबार, साउन २३, २०८१

गाईघाट २३ साउन ।

कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय उदयपुरको नतिजा कमजोर देखिएको छ।गृह मन्त्रालयले प्रकाशित गरेको नतिजा अनुसार उदयपुर प्रशासन कोशी प्रदेश मै पुछारमा परेको छ।

प्रदेशको १४ जिल्ला मध्य उदयपुरको नतिजा अन्तिममा रहेको छ। १०० पुर्णाङ्कमा उदयपुरले ७९.७५ अङ्क ल्याएको छ। देश भरिमै उदयपुर प्रशासन ७६ औं स्थानमा परेको छ।

९६.८७५ अङ्क ल्याएर तेह्रथुम प्रशासन कोशी प्रदेशमा प्रथम ,९६.५६२५ अङ्क ल्याएर सोलुखुम्बु दोस्रो र ९५.८७५ अङ्क ल्याएर धनकुटा तेस्रो भएको छ।

गृह मन्त्रालय र देशभरका प्रमुख जिल्ला अधिकारी बीच भएको कार्य सम्पादन सम्झौता अनुसार नतिजा प्रकाशित गरिएको गृह मन्त्रालयले जनाएको छ। शान्ति सुरक्षा र अपराध नियन्त्रण , सुशासन र सेवा प्रबाह , लागूऔषध नियन्त्रण , बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन र बिकास निर्माण अनुगमन र समन्वय तथा आर्थिक अनुदानलाई कार्य सम्पादन मुल्यांकन गर्ने आधार मानिएको थियोे ।

गृहले तीन, तीन महिनामा कार्य सम्पादन मुल्यांकनको नतिजा निकाल्ने गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्