०४ आषाढ २०८१, सोमबार

कोशीमा मन्त्रीमण्डल बिस्तार , उदयपुरको नारायण बुर्जा पर्यटन मन्त्री

कान्छो खवर । शुक्रबार, जेठ ०४, २०८१

कोशी प्रदेशमा शुक्रबार मन्त्रीमन्डल बिस्तार गरिएको छ।मुख्यमन्त्री हिक्मत कार्कीले ७ जना मन्त्री र दुई जना राज्य मन्त्री थप गरेकाछ्न ।बिस्तारित मन्त्रीमण्डलमा उदयपुरका नारायण बहादुर बुर्जामगरले पर्यटन , बन तथा बाताबरण मन्त्रालय पाएका छ्न ।ऊनी यस अघि केदार कार्की नेतृत्वको सरकारमा समेत खानेपानी सिचाइ तथा उर्जा मन्त्री बनेका थिए ।

आज बिस्तारीत मन्त्रीमण्डलमा आर्थिक मामिला तथा योजना मन्त्रालय राम बहादुर मगर , भौतिक पुर्बाधार बिकास मन्त्रालय गणेश उप्रेती , आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी , स्वास्थ मन्त्रालय राजेन्द्र कार्की , खानेपानी , सिचाइ तथा उर्जा मन्त्रालय एकराज कार्की , सामाजिक बिकास मन्त्रालय पाचकर्ण राईले पाएका छ्न । र उधोग कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री कार्कीले आफै राखेका छ्न। त्यसै गरि दुई राज्य मन्त्रीमा सृजना राई र बन्दना झागड नियुक्त भएका छ्न ।राई मुख्यमन्त्रीको कार्यालय र झागडले बाताबरण मन्त्रालय पाएका छ्न ।
मन्त्री तथा राज्यमन्त्रीको अहिले केहि बेर पछि सपतग्रहण हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्