कान्छो खवर । शुक्रबार, बैशाख २१, २०८१
गाईघाट २१ बैशाख ।
जिल्ला अस्पताल उदयपुरमा अहिलेसम्म ४४ जना हाइड्रोससीलका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको छ ।२०७५ देखि बिरामीको निशुल्क उपचार गर्न थालिएकोमा गत बर्ष २० जनाको शल्यक्रिया गरिएको कार्यक्रमकी फोकल पर्सन डा. निर्मला चौधरीले बताइएन ।
नेपाल सरकारले बर्सेनि हाइड्रोसीलका बिरामीको लागि निशुल्क उपचारको लागी बजेटको ब्यबस्था गर्दै आईरहेको छ ।उदयपुर अस्पतालमा २०७५ साल देखि यो कार्यक्रम लागू गरिए पछि निरन्तर बजेट आउने गरेको अस्पतालका मेसु डा.ज्ञानेन्द्र झाले बताए ।
डा. चौधरीले अहिलेसम्म उदयपुरको ८ मध्ये ३ वटा स्थानिय तहमा अभिमुखि कार्यक्रमको आयोजना गरिएको बताइन् ।बाकी स्थानिय तहमा पनि चाडै कार्यक्रम सुरु गर्ने तयारी भैरहेको उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताइन् । उनले एक बिरामी बराबर ७ हजार रूपमा खर्च हुने जानकारी दिइएन ।
उनले हाइड्रोसील खास गरि पुरुषको अन्डकोषमा पानी जम्ने रोग भएकोले बिरामी उपचार गराउन लाजको कारण अस्पतालमा नआउने गरेको बताइन् ।जस्को कारण जिल्ला भरि यो रोगको यकिन बिरामी संख्या पत्ता न लागेको उनले बताइन् ।
यो साल कति संख्यामा बिरामी आउने हो असार पछी एकिन संख्या पत्ता लाग्ने उनले बताइन् । जिल्ला अस्पतालमा निशुल्क हाइड्रोसीलको उपचार हुने कुना धेरै रोगीलाई थाहा नभएको कारण पनि बिरामी उपचारको लागी नआउने गरेको उनले बताइन् । लिम्चुङबुङ गाउपालिकाको २ नम्बर वडाले हाइड्रोसील बिरामी उपचार गराउन अस्पताल आउँदा यातायात खर्च बिरामी लाई उपलब्ध गराइदिने प्रतिबद्ध गरेको डा. निर्मलाले बताइन् ।