३१ भाद्र २०८१, सोमबार

भुल्के सामुदायिक बनमा फेला परेको शबको पहिचान , शब आफन्तलाई बुझाउने तयारी

कान्छो खवर । बिहिबार, बैशाख २०, २०८१

गाईघाट २० बैशाख ।

त्रियुगा नगरपालिका ३ भुल्के स्थित भुल्के सामुदायिक बनको मोवाखुन खोला नजिक मृत अबस्थामा फेला परेको शबको पहिचान खुलेको छ ।बिहिवार बिहान स्थानियले देखेर प्रहरीलाई शबको बारे जानकारी गराए पछि प्रहरीले अनुसन्धान गरेर शब उदयपुरको ताप्लि गाउपालिका ३ कि ५७ बर्षिया दिल कुमारी मगरको रहेको पत्ता लगाएको हो ।

बैशाख १३ गते देखि हराइरहेका उनको बिहान शब भुल्के जङ्गलमा फेला परेको थियोे ।जंगली जनाबरले एउटा हात खाएको अबस्थामा शब बिहान बाख्रा चराउन जाने गाउलेले देखेका थिए । उनले तत्काल प्रहरीलाई खबर गरेर शबको बारेमा जानकारी गराएका थिए ।लगत्तै प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियोे ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

शबको पोस्टमार्टम पछी आफन्तलाई बोलाएर जिम्मा लगाउने तयारी भैरहेको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्