१० जेठ २०८१, बिहिबार

आज देखि काङ्ग्रेस उदयपुरको जागरण अभियान सुरु

कान्छो खवर । मंगलबार, बैशाख ११, २०८१

अगुवा कार्यकर्तालाई सम्मान पत्र प्रदान गर्दै पार्टी सभापति कार्की

गाईघाट ११ बैशाख ।

नेपाली काङ्ग्रेस उदयपुरले आज देखि गाउपालिका स्तरीय जागरण अभियान सुरु गरेको छ।पुर्ब घोषित कार्यक्रम अनुसार मंगलबार जिल्लाको उदयपुरगढि गाउपालिकामा पार्टी कार्यकर्ताहरुको भेला आयोजना गरि जागरण अभियानको उदेश्य माथि पार्टी सभापति हिमाल कार्कीले जानकारी गराएका थिए ।

झन्डै २०० जना काङ्ग्रेस कार्यकर्ताहरु उपस्थित रहेको नेपाली काङ्ग्रेस जागरण अभियानमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति एबम कोसी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री राम कुमार खत्री, त्रियुगा नगरपालिकाका मेयर बसन्त , कटारी नगरपालिकाका मेयर राजेश श्रेष्ठ र पार्टीका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।उक्त कार्यक्रममा बिगत लामो समय देखि कृयाशिल रहि पार्टीमा अमुल्य योगदान पुर्याउने पार्टी कार्यकर्ताहरु लाई सम्मानपत्र प्रदान गरिएको थियोे ।

पार्टीको जागरण अभियान कार्यक्रम बैशाख १३ मा ताप्लि ,१५ मा लिम्चुङबुङ र १७ गते रौतामाई गाउपालिकामा हुने नेपाली काङ्ग्रेस उदयपुरले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्