१० जेठ २०८१, बिहिबार

कटारीको सोरुङछबिसेमा ३ घरमा आगलागी हुदा झन्डै ६० लाख बराबरको क्षेति

कान्छो खवर । मंगलबार, चैत्र २७, २०८०

आगलागी भएको थुम्कि स्थित मगर परिवारको जलेको घर

गाईघाट २७ चैत ।उदयपुरको कटारी नगरपालिका १० सोरुङछबिसे स्थित थुम्किमा सोमबार साझ भएको आगलागी बाट ३ घरपरिवारको घर र गोठमा आगलागी हुदा झन्डै ६० लाख मुल्य बराबरको धनमान बराबरको क्षेति भएको छ ।

आगलागीको कारण स्थानिय गुमान सिह थापा मगर , बेचन थापा र नारायण थापा मगरको घरगोठ सहित १८ वटा बाख्रा , लत्ताकपडा , खाद्यान्न र धनमाल जलेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कटारी बाट गएको प्रहरी टोलि र स्थानिय गाउलेहरु मिलेर आगो निभाएको प्रहरी नायब उपरीक्षक सुभाष राईले बताए ।

आगलागी कसरी भयो भन्ने बारे केहि नखुलेको राईले बताए ।पीडित परिबारलाई मंगलबार नगरपालिकाले राहत बितरण गरेको कटारी नपाका मेयर राजेश चन्द्र श्रेष्ठले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्