कान्छो खवर । मंगलबार, चैत्र १३, २०८०

गाईघाट १३ चैत ।
दुघकोसीमा बेपत्ता ३ बालबालिका मध्य एकको शब मंगलबार दिउँसो फेला परेको छ ।स्थानिय बासिन्दा , प्रहरी र त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतसहितको खोजी टोलिले धाप्लाङ घाट भन्दा करिब १ किलोमिटर तल त्रियुगा साउने १४ का ९ बर्षिय रिदम मगरको शब फेला पारेको हो ।
आईतवार दिउसो होलि खेलेर दुघकोसीमा नुहाउन गएका ८ जना बालबालिका मध्य ३ जना बेपत्ता भएका थिए भने ५ जना लाई सकुशल उद्धार गरिएको थियोे ।बेपत्ताको खोजीमा सशस्त्रको गोताखोर टोलि समेत परिचालन गरिएको थियोे ।उनिहरुले बेपत्ता बालबालिका नभेटेपछि टोलि आजै फिर्ता भएको थियोे ।
कोशीमा बेपत्ता हुने १२ बर्षिया रेखा मगर र बर्ष १२ का लोक बहादुर मगर अझै फेला नपरेको प्रहरीले जनाएको छ ।साउने गाउका उनिहरु होलि खेलेर कोसीमा दिउसो नुहाउन गएका थिए ।शबलाई अहिले त्रियुगा नपाको शबबाहन बाट जिल्ला अस्पतालमा पोस्टमार्टमको लागि ल्याइएको छ ।