०७ साउन २०८१, सोमबार

सवारी दुर्घटनामा एक जनाको मृत्यु

कान्छो खवर । शुक्रबार, फाल्गुण १८, २०८०

दुर्घटनाग्रस्त गाडी

गाईघाट  १८ फागुन  ।

उदयपुरको  कटारी नगरपालिकाको मर्जेटपुरमा शुक्रबार साझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको  छ ।कटारी बजार देखि  सिरिसे तर्फ जादै गरेको ना-१ ज ८३३३ नम्बरको यात्रुबाहक बोलेरो गाडी कटारी ७ मर्जेटपुर – गोठडाडाको भित्री सडक खण्डमा बेलुकी ५ बजे दुर्घटना हुदा कटारी ८ चलियाका ६५ बर्षिय बीर बहादुर तामाङको घटना स्थलमै मृत्यु  भएको हो ।

क्षमता भन्दा बढी यात्री बोकेर जादै गरेको बोलेरो गाडी ब्रेक फेल भएर सडक भन्दा झन्डै २ सय मिटर तल खस्दा गाडीका चालक सहित अन्य १५ जना घाइते भएकोमा ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भदृमाया मगर , खडगीमाया मगर , तारा मगर र कुमारी  तामाङलाई रिफर गरि बिराटनगरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।बाकि अन्यको कटारी अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक सुभाष राईले बताए  ।

यहाँ कमेन्ट गर्नुहोस्