०७ साउन २०८१, सोमबार

३ हजार केजी काचो सुपारी सहित तिन भारतीय नागरिक पक्राउ

कान्छो खवर । बिहिबार, फाल्गुण १०, २०८०

गाईघाट  १० फागुन  ।

कर छली गरि ल्याउदै गरेको ३ हजार केजी काचो सुपारी सहित ३ भारतिय नागरिक पक्राउ परेकछ्न । बेलका नगरपालिका ५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा बुधबार दिउसो प्र.१-०१-०० ख ४१०३ नम्बरको मातृभाग्य बस  चेकजाचको क्रममा  ४९ वटा बोरामा प्याक गरि ल्याउदै गरेको ३ हजार केजी सुपारी सहित  ३ भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको  छ।

पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ जिल्ला खोरीबारी ठाना पानीट्याङ्की  बस्ने बर्ष ४४ का निलकान्त सिह , सोही ठाउका  बर्ष ४४ का दुलाल देहि र बर्ष ६२ का सन्जय राजबङ्शि रहेका छ्न ।पक्राउ परेका उनिहरु लाई बरामद गरिएको सुपारी सहित इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयमा बिहीबार बुझाइएको  प्रहरी नायब उपरीक्षक हरिनन्दन  चौधरीले बताए  । सुपारी  भारत बाट कर छलि गरि ल्याउदै गरेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्