०७ साउन २०८१, सोमबार

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फरार प्रतिवादी पक्राउ

कान्छो खवर । बिहिबार, फाल्गुण ०३, २०८०

गाईघाट ३  फागुन  ।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फरार प्रतिवादी ६ बर्ष पछि पक्राउ परेका छ्न।  खोजतलासकै क्रममा प्रहरीले बिहिवार बेलका नगरपालिका ५ घुम्ने बाट ३९ बर्षिय कृष्ण सदालाई पक्राउ  गरेको हो ।

ऊनी घरमा लुकेर बसेको सूचना पाएर  जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुर बाट खटिएको प्रहरीको संयुक्त टोलिले दिउसो उनलाई घर बाटै पक्राउ  गरेको  ईलाका प्रहरी रामपुरले जनाएको छ ।

प्रहरी निरीक्षक  ऋषिराज ढकालले सदा पक्राउ गर्ने प्रहरी टोलिको नेतृत्व गरेका थिए  ।सदा विरुद्ध २०७४-७-१३ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दा  प्रहरीले दायर गरेको थियोे  ।मुद्दा  नम्बर १५ रहेकोमा ऊनी फरार रहे संगै उक्त मुद्दा पेन्डिङमा रहेको थियोे  ।प्रहरीले उनलाई थुनामा  राखेर अनुसन्धान सुरु गरेको  जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्