१९ फाल्गुण २०८०, शनिबार

तामाङको शब फेला

कान्छो खवर । बुधबार, माघ २४, २०८०

गाईघाट २४ माघ  ।

कटारी नगरपालिका २ ग्रास नजिकै अधिकारी टोलका एक स्थानिय एक व्यक्तिको शब  मंगलबार फेला परेको छ। हत्या गरिएको अबस्थामा  ३९ बर्षिय युबराज तामाङको शब भेटिएको प्रहरीले  जनाएको छ ।

टाउकोमा गहिरो र ठुलो चोट लागेको अबस्थामा तामाङको शब फेला परेको स्थानिय प्रेम तामाङले बताए ।घोप्टो परेको अबस्थामा शब फेला परे पछी प्रहरीलाई खबर गरिएको थियोे  । प्रहरीले केहि ब्यक्तिलाई  अनुसन्धानको लागी नियन्त्रणमा लिएको  छ । तामाङलाई  गाजा तस्करको समुहले हत्या गरेको हुन सक्ने स्थानियले आशका गरेकाछ्न ।

घटनाको अनुसन्धान भैरहेको  इलाका प्रहरी कार्यलय कटारीले जनाएको छ ।शबको पोस्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको  छ ।

यहाँ कमेन्ट गर्नुहोस्