१९ फाल्गुण २०८०, शनिबार

भबन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल भुटार आउदै

कान्छो खवर । बिहिबार, माघ १८, २०८०

गाईघाट १८ माघ  ।

प्रधानमन्त्री  पुष्पकमल दाहाल पर्शि सनिवार  उदयपुरको रौतामाई गाउपालिका आउदैछ्न । गाउपालिकाको नब निर्मित प्रशासनिक भबनको उद्घाटनका  लागि ऊनी  आउन  लागेकाहुन  ।

नेपाली सेनाको बिमान बाट ऊनी बिहान ११ बजे  रौतामाईको भुटार स्थित सेनाले निर्माण गरेको  हेलिप्याटमा उत्रने कार्यक्रम रहेको  छ। उन लाई रौतामाई गापाका अध्यक्ष  बीरेन्द्र मगर ,  उपाध्यक्ष भुपेन्द्र रायमाझी,  प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेत,  उदयपुरका प्रमुख जिल्ला अधिकारी  र सुरक्षा निकायका प्रमुखहरुले स्वागत गर्ने कार्य क्रम छ ।

स्वागत पछि उनि नब निर्मित भबनको   उट्घाटन  गरि अबलोकन समेत गर्दै  गाउपालिकाले आयोजना गर्ने  सभालाई सम्बोधन गर्ने कार्यक्रम  रहेको  अध्यक्ष मगरले बताए  । ७ करोड ८७ लाख रुपैयाको लागतमा निर्मित भबन गत बर्ष  पुरा भएको  थियोे  ।

यहाँ कमेन्ट गर्नुहोस्