०४ आषाढ २०८१, सोमबार

गाजा सहित ३ पक्राउ

कान्छो खवर । शुक्रबार, पुष १३, २०८०

पक्राउ परेका अभियुक्तहरु

गाईघाट १३ पौष ।
प्रहरीले ११केजी ८२० ग्राम गाजा सहित तिन जना लाई पक्राउ गरेको छ। उदयपुरको बेलका ८ सेती खोला बाट उनिहरु बिहिवार साझ पक्राउ परेकाहुन ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर बाट गएको गस्ती टोलिले सोही ठाउका बर्ष ४० का मुगालाल राई ,बर्ष २१ का सुबास राई र सुनसरी बराह नगरपालिका तित्रीगाछि घर भै सेतीखोला बस्दै आएका बर्ष ४१ का शंकर माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

पक्राउ परेका उनिहरु अबैध गाजाका कारोबारी रहेको खुल्न आएको प्रहरीले जनाएको छ। उनिहरुले उक्त गाजा भारत तर्फ निकासी गर्न लागेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ ।बिगत केहि बर्ष देखि जिल्लाको पुर्बी नाका हुदै गाजाको कारोबारमा तिब्रता आएको छ। पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत उदयपुर बाट १० दिनको म्याद लिएर थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्