०५ आश्विन २०८३, सोमबार

काङ्ग्रेस नगर वडा समितिको सभापति धेरै जसो नंया अनुहारका , केहि पुराना दोहोरिए

कान्छो खवर । सोमबार, आश्विन ०५, २०८३

गाईघाट  ४  असोज  ।

नेपाली काङ्ग्रेस त्रियुगा नगरपालिका वडा समितिको सनिवार र आइतबार भएको निर्वाचनबाट  वडा सभापति केहि पुरानै दोहोरीएका छन् भने अधिकाक्ष नया चयन भएका छन् ।

सबै वडामा सर्बसम्मत रूपमा नंया वडा कार्यसमिति गठन भएको नेपाली काङ्ग्रेस उदयपुरका प्रबक्ता नवीन राईले बताए।  सनिवार नगरको १५ वडाको निर्वाचन सप्पन्न हुदा वडा नम्बर ८ मा भने आइतबार निर्वाचन भएको उनलेे जानकारी दिए। केहि प्राबिधिक कारणले वडा ८ मा निर्वाचन  हुन सकेन । उनले भने ।

नेपाली काङ्ग्रेस उदयपुरले दिएको जानकारी अनुसार वडा नम्बर १ को सभापतिमा मनप्रसाद चौलागाईं , २ मा बिनोद श्रेष्ठ , ३ मा बासुदेब खतिवडा , ४ मा मुकुन्द ढकाल , ५ मा गणेश खड्का ,६ मा कृष्णबहादुर बुढाथोकी ,७ मा मिनबहादुर कार्की , ८ मा कमलबहादुर राउत , ९ मा भुपेन्द्र बुढाथोकी ,१० मा सन्तोष खड्का , ११ मा हरीप्रसाद भट्टराई , १२ मा परशुराम चौधरी ,१३ मा गोबिन्द दाहाल ,१४ मा ध्रुवबहादुर मगर ,१५ मा पुष्पराज गुरागाई र १६ नम्बर वडामा तत्पबहादुर मगर चयन भएका छन् ।

परशुराम , भुपेन्द्र , मुकुन्द र गणेश वडा सभापतिमा दोहोरिएका छन्

यहाँ कमेन्ट गर्नुहोस्