०४ आश्विन २०८३, आइतबार

देउवा समुह उदयपुर काङ्ग्रेसको भेला , त्रियुगाको मेयरको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला अधिबेशन तयारी समिति गठन

कान्छो खवर । आइतबार, आश्विन ०४, २०८३

गाईघाट  ४ असोज  ।

देउवा समुहको नेपाली काङ्ग्रेस उदयपुरको आइतबार जिल्ला भेला भएको छ । असोज १५ गतेदेखि सुरु हुने वडा , नगर र जिल्ला अधिबेशन तयारीकोलागि गाईघाटमा नेता कार्यकर्ता भेला आयोजना गरिएको आयोजक कमिटीका संयोजक शिव कटुवालले बताए ।

उनले त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको संयोजक्त्वमा ३१ सदस्यीय अधिबेशन आयोजक कमिटी निर्माण गरिएको बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नारायणबहादुर कार्कीको उपस्थितिमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामकुमार खत्री , त्रियुगाका मेयर बसन्त बस्नेत लगायत झन्डै ३ सयको हाराहारीमा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

आयोजकले नेपाली काङ्ग्रेस उदयपुर कार्यकर्ता भेला तथा अन्तरकृया कार्यक्रमको ब्यानर लेखेर कार्यक्रम आयोजना गरेको हो । उक्त भेला  बिभाजन हुन लागेको काङ्ग्रेसलाई एक ढिक्का बनाउन आयोजना गरिएको काङ्ग्रेस नेता तिलक कटुवालले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्