कान्छो खवर । मंगलबार, जेठ २२, २०८१
कटारी २३ जेष्ठ ।
कटारी नगरपालिकाको दक्षिण तर्फको सिरहा सङ सिमा जोडिएको चुरेबन क्षेत्रमा अबैध चोरी सिकारी बढेको छ ।पानी परे संगै बन्यजन्तुको पाइला पछ्याउँदै सिकारीहरु सिकारको लागि जङ्गल जाने क्रम बढेको स्थानियहरुको भनाइ छ।
अहिले दैनिक ८/ १० सिकारीको समुह जङ्गलमा सिकार खेल्न जाने गरेका छ्न ।दिनहु गोलि पड्केको आबाज आइरहेको हुन्छ।स्थानिय केसब कार्कीले भने ।बनमा निलगाई , बदेल , मृग , मयुर र कालिजको बढी सिकार हुने गरेको उनले बताए ।
नगरपालिकाको वडा नम्बर १,२,३,५ र ६ को सामुदायिक बन र रास्ट्रीय बनमा अबैध सिकार हुने गरेको छ। सिकारीले हुरीबतास चल्ने सुख्खा समयमा जङ्गलमा डडेलो लगाउने समेत गरेका छ्न ।जंगली जनाबर सजिलै पत्ता लाग्न सहज हुने भएकोले उनिहरुले जङ्गलमा आगो लगाएर सिकार खेल्ने गरेका हुन।
सिकारीहरु स्थानिय र सिरहा बाट आउने गरेका छ्न। अबैध रूपमा चोरी सिकार बढे पनि संबंधित निकाय बाट नियन्त्रणको कुनै प्रयास हुन सकेको छैन ।डिभिजन बन कार्यालय कटारीका प्रमुख अनिरुद्र साहले चोरी सिकार नियन्त्रणको लागि बन सुरक्षाकर्मीहरुलाई परिचालन गरेर जंगल गस्ती बढाएको बताए ।कतिपय अबस्थामा हामीले नेपाल प्रहरी सङ समन्वय गरेर नियन्त्रको प्रयास गरिरहेका छौ , साहले भने ।
खुला सिमाना र सिराहा सङ सिमा जोडिएको कारण पुर्ण रूपमा अबैध चोरी सिकार नियन्त्रण हुन नसकेको उनले बताए ।